८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

सडक

काठमाडौंका सडक खाल्डाखुल्डी मुक्त गरिँदै (फोटोफिचर)



काठमाडौं । काठमाडौं जिल्लाका सडकहरू खाल्डाखुल्डी मुक्त गर्ने अभियान तीव्र गतिमा अघि बढेको छ । संघीय राजधानी काठमाडौंभित्रका सडकलाई व्यवस्थित बनाउन सडक डिभिजन काठमाडौंमार्फत् चौबिसै घण्टा सडकको खाल्डाखुल्डी टाल्ने काम हुँदै आएको छ ।

काठमाडौं भित्रिने नागढुंगासहित सातवटै नाका जोड्ने सडकको स्तरउन्नति र खाल्डाखुल्डी टाल्ने काम सडक डिभिजन काठमाडौं भइरहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लिएको नीति अनुरूप डिभिजनले आफ्नै प्लान्ट स्थापना गरेर सडकलाई खाल्डाखुल्डी मुक्त बनाउन अहोरात्र काम गरिरहेको छ ।

सडक डिभिजन काठमाडौंका प्रमुख नाराणदत्त भण्डारीले काठमाडौंभित्रका सडक चुस्तदुरुस्त राख्नका लागि आफूहरूले काम गर्दै आइरहेको बताए । उनले पूर्वाधार परिवेशसँग संवाद गर्दै भने, ‘हामीले काठमाडौंभित्रका सडक खाल्डाखुल्डी मुक्त गर्ने काम गरिरहेका छौँ । कहीकतै खाल्डाखुल्डी देखेमा डिभिजनमा खबर गर्न नागरिकमा अनुरोध गर्दछु ।’

यस चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म काठमाडौं रिङ्गरोड भित्र र बाहिरका गरी करिब २८ हजार स्क्वायर मिटर सडकमा परेका खाल्डाखुल्डी टाल्ने काम भएको सडक डिभिजन काडमाडौंका इञ्जिनियर अर्जुन नेपालीले बताए । उनले भने, ‘हामी काठमाडौंभित्रका सबै सडक खाल्डाखृुल्डी मुक्त गर्न निरन्तर काम गरिरहेका छौँ । यो कार्यलाई हामीले निरन्तर दिनेछौँ ।’
काठमाडौं जिल्लाअन्तर्गत ४७२ किलोमिटर सडक रहेको छ ।

   

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार