६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

पछाडि परेका समुदायलाई शिक्षा र रोजगारी दिएर अगाडि ल्याइनेछ : प्रधानमन्त्री



झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याउने बताएका छन् ।

झापाको गौरादहमा आज आयोजित ताजपूरिया समाज कल्याण परिषदको २९ औं स्थापना दिवसको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साना साना उद्योग सन्चालन गरेर रोजगारी सृजना गर्दै उद्यमी बनाउने बाटोमा सरकारले काम गर्ने बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो समाजको कला, सस्कृति र परम्परालाई आधुनिक बनाउदै निरन्तरता दिन आग्रह गर्दै सो समाजकाअ मागलाई आवश्यक सुनुवाइ गर्न ध्यान दिने विश्वास दिए ।

कार्यक्रममा समाजका अध्यक्ष पूर्णलाल ताजपूरियाले प्रधानमन्त्री ओलीलाई अभिनन्दन गरेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार