८ पुस २०८१, सोमबार | Tue Dec 24 2024

धरहरा

धरहराबाट २ सातामा २७ लाख रुपैयाँ रकम संकलन



काठमाडौं । दुई सातामा धरहरा चढ्नेको सङ्ख्या १५ हजार नाघेको छ । सो अवधिमा २७ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भएको छ ।

१५ हजार ५६२ जनाले धरहराको स–शुल्क टिकट लिएर धरहरा चढेको धरहरा सञ्चालन इकाई कार्यालय प्रमुख महेश राईले बताए । यो सङ्ख्यामा धरहरा चढ्दा २७ लाख २४ हजार रुपैयाँ बराबर रकम सङ्कलन भएको उनको भनाइ छ ।

सरकारले मङ्सिर ९ गतेदेखि स–शुल्क धरहरा सञ्चालनमा ल्याएको छ । दैनिक एक हजार २५० को सङ्ख्यामा टिकट लिएर धरहरा चढ्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार