काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई सदुपयोग गरेर देशको विकास निर्माणमा अघि बढ्नुपर्ने बताएका छन् ।
नेपाल महिला संघ काठमाडौंले मंगलादेवी सिंहको सतवार्षिक जन्मजयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।
उपप्रधानमन्त्री सिंहले नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको सालिकमा माल्यार्पणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपालको महिला अधिकार, प्रजातन्त्र र समानताका लागि मंगलादेवी सिंहको योगदान महत्त्वपूर्ण रहेको बताए ।
‘अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मंगलादेवी सिंहकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि पनि हो,’ उनले भने ।
महिलाको हक अधिकारलाई सुरक्षित बनाउन २४ साउन २००४ मा मंगलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला संघको स्थापना भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया