८ पुस २०८१, सोमबार | Tue Dec 24 2024

समाचार

सिमेन्टको मूल्य घटाउने सहमति



काठमाडौं । सिमेन्ट उद्योगी व्यवसायीहरुले सिमेन्टको मूल्य घटाउने सहमति भएको छ ।

बुधवार निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीचको उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको हो ।

छलफलपछि काठमाडौं उपत्यकामा ओपिसी सिमेन्ट ७०० रुपैयाँमा उपलब्ध गराउने सिमेन्ट व्यवसायीहरुले प्रतिवद्धता गरेको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।

उनकाअनुसार काठमाडौं उपत्यकामा अब ६०० रुपैयाँमा पिसिसी सिमेन्ट उपलब्ध हुनेछ । आफूहरुले सिमेन्ट उद्योगीहरु धरासायी हुने गरेर बजार भाउ नघटाउन र निर्माण व्यवसायीलाई मार पर्नेगरी नबढाउन सुझाव दिएको सिंहको भनाइ छ ।

उनले भने, ‘आजको बैठकमा जुन सिमेन्ट उत्पादकहरुले अत्याधिक मूल्य वृद्धि गर्नुभएको छ, त्यस विषयमा दुवै पक्षबीच छलफल भएको छ । काठमाडौंमा ७ सय रुपैयाँमा ओपिसी सिमेन्ट उपलब्ध गराउने भनेर उहाँहरुले प्रतिवद्धता जनाउनुभएको छ । काठमाडौंको भाडा भैरहवा र वीरगञ्ज कोरिडोरबाट १४० रुपैयाँ हुँदाखेरि सिमेन्टको मूल्य पाँच सय ४० रुपैयाँमा फ्याक्ट्रिमा हुने भएको छ । अहिले यसको मूल्य ६ सय ८० रुपैयाँ रहेको छ । यसरी नै छलफल गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ । हाम्रो सुझाव चाहीँ उहाँहरुलाई के छ भने सिमेन्ट उद्योगीहरु धराशायी हुने गरेर बजार भाउ पनि राख्नु भएन । बजार घाटालाई हेरेर जसरी उहाँले अहिले फ्याक्ट्रिमा सात सय रुपैयाँ पु¥याउनु भएको छ । त्यसलाई समायोजन गर्नुप¥यो भनेर हामीले मन्त्रीको रहोबरमा छलफल ग¥यौं । आफ्ना आफ्ना समस्याहरु राख्ने काम भएको छ । अब यही अनुसार सिमेन्ट व्यवसायीहरुले काठमाडौंमा ७०० रुपैयाँमा ओपिसी सिमेन्ट र ६०० रुपैयाँमा पिसिसी सिमेन्ट उपलब्ध गराउने हाम्रो बीचमा सहमति भएको छ । त्यो स्वागतयोग्य छ ।’

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार