८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

कल्भर्ट

टुकुचा खोलामा निर्माण गरिएको कल्भर्ट सञ्चालनमा



काठमाडौं । कमलादीमा भासिएको सडकमा बक्स कल्भर्ट आजदेखि प्रयोगमा ल्याइएको छ ।

पुनर्निमित सडकमा आयोजित एक कार्यक्रमकाबीच रिबन काटेर सडक खोलिएको हो । साउनको अन्तिम साता काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय नजिकै सडक भासिएपछि बन्द नै थियो ।

सडक भासिनुपूर्व एकतर्फी बनाइएको यो सडक अब सुचारू भएसंगै ट्राफिक एकतर्फी नै चलाउने ट्राफिक प्रहरीले जनाएको छ ।

पहिला जस्तै अब उप्रान्त दरबार मार्ग महेन्द्र सालिकबाट सवारीहरू कमलपोखरीतिर मात्रै जान पाउनेछन् । योसँगै प्रज्ञा प्रतिष्ठानबाट कमलादी गणेशथान हुदैं घण्टाघर जाने सडक पनि एकतर्फी बनाइएको छ ।

काठमाडौं महानरपालिका भवन अगाडिको सडक गत साउन २५ गते मासिएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २७ मंसिर २०८१, विहीबार