काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
चीन भ्रमणबाट फर्किएपछिको यो पहिलो मन्त्रिपरिषद् बैठक हो । आज साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
आजको बैठकमा केही नियुक्ति र बढुवा पनि हुन सक्ने प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया