काठमाडौं । देशकै पहिलो फ्लाईओभर निर्माणको काम तीब्र गतिमा अघि बढेको छ ।
काठमाडौं उपत्यकाभित्रको ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यले ललितपुरको ग्वार्कोमा सुरु गरिएको फ्लाईओभर यस आर्थिक बर्षभित्र नै सम्पन्न गर्ने गरी काम तीब्र गतिमा अघि बढेको हो ।
निर्माण सुरु भएको यस अवधिमा फ्लाईओभर निर्माणको काम ८५ प्रतिशत सम्पन्न भएको छ । आगामी असारभित्र बाँकी १५ प्रतिशत काम सम्पन्न गरेर यातायात सञ्चालन गर्ने गरी हाल धमाधम काम भइरहेको छ ।
सडक विभाग अन्तर्गत रहेको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन अर्थात इपिसी मोडलमा फ्लाइओभर निर्माणको गरिरहेको छ ।
यस मोडेल अनुसार निर्माण व्यवसायीले नै आयोजनाको सर्भे, डिजाइन र निर्माणको काम गरेको हो ।
२०७८ चैत्र १२ मा दुई बर्षभित्र सम्पन्न गर्ने गरी १७ करोड ६८ लाख लागतमा फ्लाइओभर निर्माणको काम आशिष समानान्तर रेलिगेर जेभीले पाएको थियो । निर्माणको क्रममा डिजाइन परिवर्तन भएको कारण केही समय काम प्रभावित बन्न पुगेको थियो । तर निर्माण व्यवसायीले पेश गरेको संशोधित डिजाइनलाई सडक विभागले स्वीकृत गरेसँगै कामले गति लिएको थियो ।
काम सुरु भएसँगै निर्माण व्यवसायीले फ्लाईओभर निर्माणको लागि पाइल, गर्डर र आरइवालको लागि ¥याम्प निर्माणको काम एकसाथ अघि बढाएको थियो । फ्लाईओभर निर्माणको काम आगामी चैतभित्र सम्पन्न गरी काम भइरहेको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख प्रभातकुमार झाले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया