९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

ल्यान्डफिल साइट

मन्त्री सिंहद्वारा ल्यान्डफिल साइटको अनुगमन



काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह बन्चरेडाँडा ल्यान्डफिल साइट पुगेका छन् ।

उनले बिहिबार स्थलगत अवलोकन गरी बन्चरेडाँडामा देखिएको समस्याबारे जानकारी लिएका छन् ।

उपप्रधानमन्त्री सिंहले फोहोरमैला व्यवस्थापनमा बन्चरेडाँडामा देखिएको समस्याबारे धेरै छलफल भएको उल्लेख गर्दै अब समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

‘बारम्बार फोहोरको बारेमा प्रश्न उठेपछि स्थानीयस्तरमा फोहोरको व्यवस्थापन कसरी भइरहेको छ, जुन मापदण्डअनुसार हुनुपर्ने हो त्यहीअनुरूप भइरहेको छ कि छैन भन्नेबारे जानकारी लिनुभएको छ’, उपप्रधानमन्त्री सिंहको सचिवालयले भनेको छ,‘ स्थानीयले उठाएका विषयहरू के हुन्, कसरी समाधान गर्न सकिन्छ ? त्यसबारे समन्वय गरी तदारुकताका साथ काम गर्न उहाँले भन्नुभएको छ ।’

त्यस्तै उपप्रधानमन्त्री सिंहले ल्यान्डफिल साइटको आयुबारे चासो राखेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २७ मंसिर २०८१, विहीबार