८ पुस २०८१, सोमबार | Tue Dec 24 2024

ऋण

नेपाललाई विश्व बैंकले १३ अर्बभन्दा बढी ऋण दिने



काठमाडौं । विश्व बैंकले नेपाललाई दिने १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ५० करोड रुपैयाँ बराबर) को ऋण स्वीकृत गरेको छ । वि

श्व बैंक कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालाई दिने उक्त रकम बराबरको ऋण स्वीकृत गरेको हो ।

नेपालमा कार्यान्वयन भइरहेको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) हासिल गर्ने प्रयासलाई सहयोग गर्न विकास नीति सञ्चालन (डीपीओ) अन्तर्गत यो ऋण प्रदान गरिएको विश्व बैंकले जनाएको छ ।

विश्व बैंकका अनुसार डीपीओको दोस्रो शृंखलाअन्तर्गत सहयोग भएको हो ।

 

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार