काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले मंसिरपछि ९० प्रतिशतभन्दा बढी निर्माण व्यवसायी डिफल्ट हुने बताएका छन् ।
शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघको १५ औं साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
काम पूरा गरेको वर्षौं बित्दा पनि सरकाले भुक्तानी नगरेपछि ९० प्रतिशतभन्दा बढी निर्माण व्यवसायी डिफल्ट हुने अवस्था आएको हो ।
सरकार र राष्ट्रबैंकले समन्वय गरेर निर्माण कम्पनीलाई भुक्तानी गर्न माग गरेका छन् ।
उनले सरकारले त्यसअघि नै राष्ट्रबैंकसँग समन्वय गरेर समस्या समाधान गर्न माग गरे ।
उनले म्याद थप गरेर मात्रै निर्माण व्यवसायीका समस्या समाधान नहुने भन्दै मुलुकको अर्थतन्त्र सहज र चलायमान बनाउनका लागि सरकारले पहल गर्नुपर्ने बताए ।
मुलुकको निर्माण क्षेत्र, उद्योगलाई चलायमान गर्ने काम सरकारबाट हुन नसकेको आरोप लगाए । उनले किस्ता नतिरेका कारण बैंकबाट थप कारोबार गर्न नपाएकाले एलसी सहज खोलिदिन माग गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया