काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक जारी छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा स्थायी कमिटी बैठक बसिरहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकका लागि दुई एजेन्डा तय भएको छ ।
प्रवक्ता खतिवडाका अनुसार पार्टीको आगामी कार्ययोजना र केन्द्रीय सदस्यहरूको कार्यविभाजनका बारेमा छलफल बैठक बोलाइएको हो ।
बैठकमा शनिबार १८ सदस्यहरूले धारणा राख्ने तय भएको छ ।
अध्यक्ष, वरिष्ठ नेता र महासचिवहरूले धारणा राख्न बाँकी छ । अरू पदाधिकारीहरूले भने धारणा राखिसकेका छन् ।
पार्टी नीतिको प्रचार गर्ने, पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनहरुमा विजय प्राप्त गर्न राजनीतिक चुनौतीहरूको सामना गर्ने विषयमा व्यापक छलफल भइरहेको प्रवक्ता खतिवडाले जानकारी दिए ।
बैठक भोलिसम्म चल्नेछ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया