८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

रास्वपाले लम्जुङमा शान्तिपूर्ण र्‍याली गर्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउविरुद्ध लमजुङमा शान्तिपूर्ण र्‍यालीको आयोजना गरिएको छ ।

शनिबार अपरान्ह बेशीशहरमा शान्तिपूर्ण र्‍यालीको आयोजना गरिएको रास्वपा लमजुङले जनाएको छ ।

सभापति लामिछाने पक्राउ पश्चात् मानव अधिकार हनन भएको, झुटा मुद्दामा फसाउन र राजनीतिक प्रतिशोध साध्न खोजिएको भन्दै रास्वपाले विरोध गर्दै आएको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धि कसुरमा लामिछाने गत कात्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बसुन्धाराबाट पक्राउ परेका थिए । उनको काठमाडौं, कास्की, रुपन्देही सहकारी प्रकरणमा बयान सकिएको छ ।

यद्यपि उक्त प्रकरणमा कास्कीमा अहिले पनि बयान चलिरहेको छ भने उनी प्रहरी हिरासतमा छन् ।

रास्वपाले शनिबार लमजुङ बेशीशहरमा जिल्ला भेलाको आयोजनासमेत गरेको छ । भेलामा सहभागी हुन पार्टी कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, सांसद शिशिर खनाल लगायतका नेता बेशीशहर पुगेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार