काठमाडौं । मुग्लिन-पोखरा सडक अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका-२, कोत्रे खण्डमा पाँच दिन सडक बन्द गरिने भएको छ ।
जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति गरिंदै छ । त्यसका लागि शुक्रवारदेखि पुस २ गतेसम्म बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द हुने जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ । यो अवधिमा वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ ।
लामो समयदेखि मुग्लिन-पोखरा सडकको स्तरोन्नति भइरहेको छ । काममा ढिलाइ हुँदा यात्रुले सास्ती खेप्नुपरिरहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया