८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

एकीकृत समाजवादीको बैठक आज पनि बस्दै



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आइतबार पनि जारी रहने भएको छ ।

गत बुधबार शुरु भएको बैठकमा अहिलेसम्म १८ नेताले धारणा राखेका छन् । बैठकमा हिजोसम्म पार्टीको कार्यादेशसम्बन्धी छलफल भएको थियो । आज केन्द्रीय सदस्यको कार्यविभाजनसम्बधी छलफल शुरु हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

अन्य पदाधिकारीले धारणा राखिसकेकाले अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेताहरू बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसालसहित ८ जनाले विचार राख्ने तय भएको छ ।

बैठकमा मुख्यगरी पार्टीको आगामी कार्ययोजना, पाटीलाई सुदृढीकरण गर्ने, राजनीतिक तथा भू-राजनीतिक चुनौतीको सामना गर्नेलगायत विषयमा छलफल भइरहेको छ । बैठक शनिबार नै सक्ने भनिए पनि नेताहरुले बोल्ने क्रम नसकिएकाले आइतबार पनि जारी रहने प्रवक्ता खतिवडाले जानकारी दिए ।

बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १२ बजे शुरु हुनेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार