८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

समाचार

त्रिपालकोे घुम्टोभित्र जीर्ण जाजरकोट दरबार



काठमाडौं । ऐतिहासिक जाजरकोट दरबारलाई वर्षाबाट थप क्षति हुन नदिन त्रिपालले ढाकिएको छ ।

अघिल्लो वर्ष कात्तिक १७ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त र अत्यन्तै जीर्ण हुन पुगेको ऐतिहासिक जाजरकोट दरबार वर्षाबाट थप क्षति हुन नदिन त्रिपालले ढाकिएको हो ।

विसं १८५२ मा निर्माण गरिएको यो दरबारले तीन पटक भूकम्प सहिसकेको छ । यसअघिका दुई वटा भुईँचालोले दरबारलाई क्षतिग्रस्त बनाएका थिए ।

दुवै पटक दरबार पुनर्निर्माण गरिएको दरबार यस पटकको भूकम्पले पूर्णरुपमा क्षति पुगेको छ । यस दरबार ऐतिहासिक तथा पुरातात्त्विक हिसाबले निकै महत्त्वपूर्ण छ ।

यो जाजरकोटको मात्र नभएर पूरै कर्णालीको मुख्य पर्यटकीय गन्तव्य पनि हो ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार