काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकहरु कठिन परिस्थितिमा चलिरहेका बताएका छन् ।
बुधबार नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले बैंकहरुले ऋणहरुसँग ऋणको सावाँसमेत ब्याज उठ्न नसक्दा बैंकहरु समस्यामा रहेको उल्लेख गरे ।
गभर्नर अधिकारीले बैंकिङ क्षेत्रमा वित्तीय कारोबारको काम गर्दा प्रशस्त चुनौतीहरु रहेको बताए । उनले राष्ट्र बैंकको नीति वित्तीय स्थायित्व र आर्थिक वृद्धि गर्न सघाउने खालका रहेको दाबी गरे । उनले बैंकिङ क्षेत्रप्रति राष्ट्र बैंक गौरव गर्ने भन्दै नेपालको बैंकिङ अभ्यास पारदर्शी रहेको बताए ।
उनले पछिल्लो समय बैंकभन्दा बाहिरको समस्याले चुनौती थपेको उल्लेख गरे । उनले बैंकहरुमा पछिल्लो समय पुँजी राम्रो भए पनि निष्क्रिय कर्जा बढेको बताए ।
गभर्नर अधिकारीले राष्ट्र बैंकले व्यवस्था गरेको प्रोभिजनले बैंकहरुलाई बलियो बनाउँदै बैंकलाई बचाउन मद्दत गर्ने बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया