काठमाडौं । बाजुरामा शनिबार बिहान गएको भूकम्पमा परी करिब १५ घर पूर्ण क्षति भएको छ ।
करिब १५० घरमा आंशिक क्षति भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
सबैभन्दा बढी क्षति भूकम्पको केन्द्रविन्दु रहेको जगन्नाथ गाउँपालिका–५, गोत्री दर्जीटोलमा भएको बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिए ।
पूर्ण र आंशिक क्षति भएका घरको यकिन संख्या ठ्याक्कै भन्न सकिने अवस्था तत्काल नरहेको उनले बताए ।
उक्त क्षेत्र दुर्गममा रहेको र सबै ठाउँको स्थलगत अध्ययनको विवरण प्राप्त भइनसकेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया