१० पुस २०८१, बुधबार | Thu Dec 26 2024

पदमार्ग

मुन्दुम पदमार्गको विकासका लागि तीन जिल्लाका स्थानीय तह जुट्दै



भोजपुर । सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग भोजपुरसहित तीन वटा जिल्लाका स्थानीय तह जुटेका छन् ।

‘मुन्दुम भ्रमण वर्ष सन् २०२५’ घोषणा गरेर यो पदमार्गको विकास तथा विस्तारमा स्थानीय तह जुटेका हुन् ।

भ्रमण वर्षमा पदमार्गमा आन्तरिक र बाह्य गरी एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । भ्रमण वर्षलाई सफल बनाउनको लागि यो पदमार्गले समेटेका भोजपुर, खोटाङ र सोलुखुम्बुका स्थानीय तह आवश्यक गृहकार्यमा जुटेका छन् ।

पूर्वीक्षेत्रको एक मात्र सहज र सरल पदमार्गको रुपमा लिइने यो पदमार्गको विकासमा तीन वटा जिल्लाका स्थानीय तह एकजुट बनेर अघिबढेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए ।

मुन्दुम भ्रमण वर्ष सन् २०२५ मा एक लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको उहाँको भनाइ छ । “मुन्दुम पदमार्गको थप विकास तथा विस्तारको लागि मुन्दुम भ्रमण वर्ष २०२५ मनाउने तयारीमा जुटेका छौँ” अध्यक्ष बस्नेतले भने, “यसको लागि भोजपुर, खोटाङ र सोलुखुम्बुका पालिका एकजुट भएर अघि बढेका छौँ । यो भ्रमण वर्षमा एक लाख पर्यटक भित्र्याउने हाम्रो लक्ष्य छ ।”

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १० पुस २०८१, बुधबार