१० पुस २०८१, बुधबार | Thu Dec 26 2024

एमाले केन्द्रीय कमिटी बैठक पुस २१ र २२ मा बस्ने



काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

आज बसेको पार्टी सचिवालय बैठकले केन्द्रीय समितिको बैठक पुस २१ र २२ गतेका लागि बोलाएको हो ।

बुधबार बसेको एमाले सचिवालय बैठकले चारवटा एजेण्डा तय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार राजनीतिक प्रतिवेदन, संगठनात्मक कामको जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले गरेका निर्णय अनुमोदनलगायतका बिषय केन्द्रीय कमिटीमा छलफलका लागि  एजेण्डा तय गरिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १० पुस २०८१, बुधबार