१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

संसद्

राष्ट्रिय सभा र प्रतिनिधिसभा बिजनेसविहीन



काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाले बिजनेस पाउन नसकेको बताएका छन् ।

बिहीबार चितवन जिल्लाका स्थानीय तहका जनप्रनिधि र जिल्लाका विभिन्न कार्यालय प्रमुखहरुसँगको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष दाहालले सरकारले सदनलाई बिजनेस दिनुपर्नेमा जोड दिए ।

‘कानुन निर्माणको काम पनि जनचाहनाअनुसार हुन सकेको छैन । बल्लबल्ल बनेका कानुनसमेत थन्किएर बसेका छन्,’ उनले भने । आवश्यक ऐन बनाउन नसकिएको अध्यक्ष दाहालले स्वीकार गरे ।

त्यस्तै प्रतिनिधिसभाले पनि बिजनेस नपाएपछि दुवै सदनका सांसदहरूलाई हाइसञ्चो भएको छ । संसद् नै नचलेपछि नियम, कानुन र ऐन निर्माण गर्न सम्भव हुँदैन । यस्तो अवस्थामा उनीहरूलाई पर्याप्त फुर्सद हुने देखिन्छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : ११ पुस २०८१, विहीबार