१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

हुलाकी सडक

‘हुलाकी सडकले तराई–मधेशका जनतालाई सहज’



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले हुलाकी सडकको निर्माणले तराई–मधेशका जनतालाई आवतजावत गर्न सहज भएको बताएका छन् ।
नेकपा (एमाले) पर्सा जिल्ला कमिटीले आज पर्साको प्रसौनी सखुवा गाउँपालिकामा आयोजना गरेको बृहत् पार्टी प्रवेश तथा जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले तराई–मधेशका जनतालाई हुलाकी राजमार्गले धेरै कुरामा सहजता ल्याएको बताए ।
‘विगतमा आवतजावत गर्नका लागि निकै सास्ती हुने गरेको थियो । अहिले हुलाकी राजमार्ग निर्माणसँगै सहज रुपमा आवतजावत गर्न सकिएको छ,’ उनले भने, ‘सरकारले हुलाकी राजमार्गलाई अघि बढाएकाले पनि यहाँका जनताले राम्रो प्रतिफल प्राप्त गर्न सकेका छन् ।’
मन्त्री गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सङ्घीय मन्त्रिपरिषद्को बैठकले पर्साको १५ शय्याको पोखरिया अस्पताललाई ५० शय्याको प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्न निर्णय गरेको मन्त्री गुप्ताले  जानकारी दिए । ‘संघीय मन्त्रिपरिषद्को यही पुस ९ गते बसेको बैठकले पर्साको पोखरिया नगरपालिकामा मालपोत तथा नापी कार्यालय स्थापना गरेर सेवा विस्तार गर्ने निर्णय गरेको छ ।’

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार