२२ पुस २०८१, सोमबार | Mon Jan 6 2025

मेलम्ची

मेलम्ची खानेपानीको पाइप चुहिन थालेपछि पानी वितरणमा समस्या



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पाइप चुहिन थालेपछि पानी वितरणमा समस्या भएको छ । मेलम्ची खानेपानी आयोजनाको थोक वितरण प्रणालीको पाइप चुहिन थालेपछि शुक्रबारदेखि पानी वितरण अवरुद्ध भएको हो  ।

आयोजनाका अनुसार चाबहिलको चुच्चेपाटीस्थित आयोजनाको थोक वितरण प्रणालीको एक हजार चार सय एमएमको पाइप फुटेको हो । फुटेको पाइप मर्मत गर्नु परेकाले केही दिनका लागि पानी वितरण अवरुद्ध भएको आयोजनाले जनाएको छ ।

चुच्चेपाटी क्षेत्रमा खानेपानीको सहायक पाइप बिछ्याउने क्रममा मुख्य पाइप नै फुटेको पाइएकोले मर्मतका लागि सडक नै खन्नुपर्ने भएकाले पानी पुनः सञ्चालनमा केही ढिलाइ भएको आयोजनाले जनाएको छ । पाइप फुटेपछि सुन्दरीजल प्रशोधन केन्द्रबाट नै वितरण प्रणालीमा पानी छोडिएको छैन ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार