२२ पुस २०८१, सोमबार | Mon Jan 6 2025

जलविद्युत् आयोजना

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम ८० प्रतिशत सम्पन्न



काठमाडौं । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको छ ।

७० करोड लागतमा निर्माण भइरहेको आयोजनाको काम विभिन्न बाधाअवरोधका  बीच हालसम्म ८० प्रतिशत पूरा भएको हो ।

आयोजनाको अहिलेसम्ममा सुर्खेत खण्डमा ३२ किमी क्षेत्रमा टावर निर्माण सकेर तार तानी सकिएको छ ।

हर्रे–छिन्चु–सुब्बाकुना र कोहलपुर–चिसापानी सम्म विवादबाहेकका क्षेत्रमा टावर निर्माण भई तार तान्ने काम सम्पन्न भएको आयोजनाले जनाएको छ। आयोजनाका अनुसार जेठसम्ममा वीरेन्द्रनगरमा रहेको सबस्टेशनमा विद्युत् चार्ज गर्नेगरी कामलाई तीव्रता दिइएको छ ।

आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टसँग २२ असार २०७६ मा सम्झौता गरिएको थियो ।

बाँके र बार्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा जग्गा प्राप्ति तथा रुख कटानमा समस्या देखिएकामा सो समस्या हल भए पनि बाँकेकै वैजनाथ गाउँपालिका–१ गाभर, बाँनियाभारका स्थानीयवासीले आयोजनाको प्रसारण लाइन निर्माणमा अवरोध गरेपछि कामले गति लिन सकेको थिएन् ।

बाँकेमा मात्र ४२ महिनादेखि अवरोध कायम हुँदा काम ढिलो हुन गएको आयोजनाले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार