२२ पुस २०८१, सोमबार | Mon Jan 6 2025

कल्पिक व्यवस्था

द्रुतमार्ग निर्माणका लागि प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत विद्युत् दिने



काठमाडौं । काठमाडौं–तराईरमधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका क्रममा नेपाल विद्युत् प्राधिकरणले विद्युत उपलब्ध गराउने भएको छ ।

प्राधिकरणले द्रुतमार्ग अन्तर्गतको मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्डु माल्टाबेंसी र इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थामार्फत आपूर्ति गर्ने भएको हो ।

विद्युत् अभावमा फास्ट ट्र्याकको निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी जतिसक्दो छिटो विद्युत् आपूर्तिका लागि काम अगाडि बढाइसकेको जनाएको छ ।

फास्ट ट्र्याकको माण्डु माल्टाबेंसी र सिस्नेरी कोगटे क्षेत्रमा पुल, ग्यालरी सुरुङ, सुरुङलगायतका संरचना निर्माणका लागि आवश्यक विद्युत् अभावमा निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी आपूर्ति दिन लागेको छ । फास्ट ट्र्याकलाई उक्त क्षेत्रमा करिब १२ मेगावाट विद्युत् आवश्यक पर्नेछ । त्यस क्षेत्रमा चार प्याकेजमा निर्माण भइरहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार