काठमाडौं । लुम्बिनी प्रदेश सभाको अधिवेशन पूर्वनिर्धारित समयमा बस्न सकेको छैन । आज (मंगलबार) दिउँसो २ः०० बजे बस्ने भनिएको बैठक अझैँ सुरु नभएको लुम्बिनी प्रदेश सभा सचिव दुर्लभकुमार पुनले मगरले जानकारी दिए ।
यसअघि प्रदेश सभाले पुस १२ गते सूचना जारी गर्दै तोकिएकै समयमा अधिवेशन बस्ने बताएको थियो । उक्त सभाले एक सूचना जारी गर्दै नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान गरेका हुन् ।
लुम्बिनी प्रदेश सभा निमावली २०७९ को नियमको ३ को उपनियम १ बमोजिम जानकारी गराइएको थियो । तर, यो समाचार तयार पर्दासम्म अधिवेशन बस्न सकेको छैन ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया