२० पुस २०८१, शनिबार | Sat Jan 4 2025

विमानस्थल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर प्रणाली जडान



काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन–अथोराइजेसन रिक्वायार्ड (आरएनपी–एआर) प्रणाली जडान कार्य भइरहेको छ।भिजिबिलिटीको समस्या समाधान गर्न गौतमबुद्ध विमानस्थलमा आरएनपी–एआर प्रणाली लागू हुने प्रकृया अन्तिम चरणमा पुगेको हो ।

यभू–उपग्रहमा आधारित आरएनपी–एआर एप्रोच विधिको ४२ दिने सूचना प्रकाशन भैसकेको हुँदा जनवरी २३ (माघ १०) देखि लागू हुने विमानस्थल कार्यालयले जनाएको छ ।

मंसिर पहिलो सातादेखि उडान सुरु गरेका कतार एयरवेज, थाई एयर एसिया, फ्लाई दुबई र जजिराले भिजिबिलिटीको समस्या देखाउँदै एक महिना मात्रै उडान गरेर सेवा बन्द गरेका छन् ।

आरएनपी–एआर प्रणाली लागू भएपनि विदेशी एअरलाइन्सका जहाजहरुले उडान र अवतरण गर्न भने समय लाग्ने बताइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार