९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

उपनिर्वाचन

उपनिर्वाचन : मतदान केन्द्रमा सेनाको गस्ती



काठमाडौं । स्थानीय तह उपनिर्वाचनको दिन मतदान केन्द्र वरपर नेपाली सेनाले गस्ती गरेको छ । काठमाडौंको कीर्तिपुर क्षेत्रमा सेनाले पैदल गस्ती गरेको हो ।

कीर्तिपुर नगरपालिकाको मेयर तथा वडा नम्बर १ र ४ को अध्यक्ष चुन्न उपनिर्वाचन भइरहेको छ ।

काठमाडौं महानगरपालिकाको वडा नं १६ को अध्यक्ष पदमा पनि उपनिर्वाचन भइरहेको छ ।

बिहान ७  बजेदेखि सुरु मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचन स्वच्छ, मर्यादित र भयरहित ढंगले सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको छ ।

सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरीलाई खटाइएको छ । त्यसपछि सशस्त्र प्रहरी र अन्तिम तथा सबैभन्दा बाहिरी घेरामा नेपाली सेना रहने गरी प्रबन्ध मिलाइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार