जाजरकोट । जाजरकोट कुशेँ गाउँपालिका–७ मा रिक्त अध्यक्ष पदमा मतदान जारी छ । बिहान ७ बजेदेखि १२ बजेसम्म ५९२ मत खसेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय मतदानस्थलका इञ्चार्ज खगीराम सारुले जानकारी दिए ।
यस वडाको मतदानस्थलमा दुईवटा (क) र (ख) मतदान केन्द्र तोकिएको छ । अहिलेसम्म शान्तिपूर्ण ढंगले मतदान भइरहेको सारुले बताए । २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित वडाध्यक्ष मनबहादुर घर्तीको निधन भएसँगै रिक्त अध्यक्ष पदमा उपनिर्वाचन भइरहेको छ ।
यस वडापालिकामा नेपाली कांग्रेसका खम्बबहादुर सिंह, नेकपा (एमाले)का डम्बरबहादुर घर्ती र माओवादी केन्द्रका गोरखबहादुर नेपाली चुनावी मैदानमा छन् ।
मतदान दिउँसो ३÷४ बजेभित्रै सकिने इञ्चार्ज खगीराम सारुले बताए । निर्वाचन आयोगले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान समय तोकेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया