काठमाडौं ।
पूर्वीरुकुम पुथा उत्तरगंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार निर्वाचित भएका छन् ।
रिक्त उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा माओवादी केन्द्रकी उम्मेदवार नरपूरा बुढा विजयी भएकी हुन् । ३ हजार ६२७ मत प्राप्त गरी बुढा उपाध्यक्षमा निर्वाचित भएकी छन् ।
उनकी निकटतम प्रतिस्पर्धी कांग्रेस–एमाले गठबन्धनकी उम्मेदवार केशकुमारी तुलाचन पराजित भएकी छन् । उनले २ हजार १२८ मत प्राप्त गरी पराजित भएकी हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया