१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

शहरी विकास मन्त्रालयको सचिव सिग्देलले सम्हाले जिम्मेवारी



काठमाडौं । शहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देल नियुक्त हुनुभएको छ । यस अघि मन्त्रालयकासचिव मणिराम गेलाल अवकाशमा गएपछि शहरी विकास मन्त्रालयमा सचिव पद रिक्त थियो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई शहरी विकास मन्त्रालय पठाउने निर्णय गरेको थियो ।

सोमबारबाट सिग्देलले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनलाई मन्त्रालयमा कर्मचारीहरुले स्वागत गरेका थिए । मन्त्रालयमा आयोजित कार्यक्रममा उनले मन्त्रालयले गरिरहेको काम र आगामी दिनमा गर्नुपर्ने कामको बारेमा समेत जानकारी लिएका छन् । यसअघि सिग्देल सडक विभागको महानिर्देशक हुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव रहेर जिम्मेवारी सम्हालेका थिए । शहरी विकास मन्त्रालयका कर्मचारीको चाहना अनुसार कार्यवहाक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सिग्देललाई मन्त्रालयमा ल्याउन सकारात्मक भएका थिए । शहरी विकास मन्त्रालयमा आउनु अघि सिग्देल जल तथा उर्जा आयोगमा सचिव रहेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार