काठमाडौं । उडान अनुमति नवीकरण नगरेपछि कतार एयरवेजको भैरहवा उडानमा रोक लगाएको नेपाल नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ ।
गत कात्तिक २७ गतेदेखि कतार एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरिरहेको थियो । तर, उडान अनुमति नवीकरण नगरेपछि मंसिर १५ देखि उडानमा रोक लगाएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए ।
कतार एयरवेजको उडान अनुमति मंसिर १५ गतेसम्म थियो । त्यसयता उक्त एयरवेजले अनुमति नवीकरण गरेको छैन ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया