काठमाडौं । काठमाडौंको सुनधारास्थित धरहराको स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन टाँस गर्दा प्रतिघण्टा पाँच हजार शुल्क तिर्नुपर्ने भएको छ । व्यवसायीक प्रयोजनका लागि टाँस गरिने विज्ञापनबारे निर्धारण गरिएको शुल्कबारे जानकारी गराइएको छैन ।
त्यस्तै धरहराको प्राङ्गनमा व्यावसायीक प्रयोजनका लागि छायाँङ्क गरिएको भिडिओ शुल्क पनि पाँच हजार तोकिएको छ । तर, व्यक्तिगत प्रयोजनका लागि छायाँङ्कन गरिएको भिडिओ शुल्क भने तोकिएको छैन । फोटो खिचेमा प्रतिघण्टा पाँच सय तिर्नुपर्छ ।
त्यसैगरी धरहराको प्राङ्गनमा स्वदेशीहरूले प्रवेश वा अवलोकन गरेमा दुई सय तिर्नुपर्नेछ भने सार्क मुलुकका विदेशीहरूले पाँच सय तिर्नुपर्नेछ । सार्कभन्दा बाह्य मुलुकका मानिसहरूले एक हजार तिर्नुपर्नेछ ।
प्रवेश शुल्क भने ५० रूपैयाँ तोकिएको छ । चार पाङ्ग्रे सवारी पार्किङ शुल्क प्रतिघण्टा २० तोकिएको छ भने दुई पाङ्ग्रे सवारीको १० रूपैयाँ तोकिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया