काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिआरआई फ्रेमवर्कमा हस्ताक्षर नभएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले चीनको महत्त्वकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) फ्रेमवर्कमा हस्ताक्षर नभएको बताएका हुन् ।
आज (बिहीबार) चीन भ्रमणबाट स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले बिआरआई सम्झदारीको बेला ऋणबारे कुनै कुरा नै नचलेको दाबी गरे । उनले नेपालले ऋण लिनसक्ने अवस्था नभएकोले यसबारे कुनै कुरै नभएको दाबी गरेका छन् ।
उनले भने, ‘अहिले हामीले जे प्राप्त गरेका छौँ । त्यो ऋण होइन भन्ने कुरा धेरैपटक भनिएको छ । अब धेरै दोहोर्याउन नपरोस् भन्ने मेरो आग्रह छ । ऋण होइन ।’
‘ऋणसम्बन्धी कुनै कुरा पनि चलेन । मैले यहाँ बोलेकै थिएँ । कुनै कुरा पनि चलेन । छलफल पनि भएन । हामीले यसपटक बिआरआई अन्तर्गत विभिन्न परियोजनाहरूको कुरा गर्यौँ । हरेक परियोजना अन्तर्गत पछि हामी छुट्टै छलफल र सहमतिहरू गर्छौँ,’ ओलीले भने ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया