८ पुस २०८१, सोमबार | Tue Dec 24 2024

समाचार

नेवानीका पदाधिकारीलाई मन्त्री पाण्डेद्वारा १५ दिनभित्र सुधारका कार्ययाेजना पेस गर्न निर्देशन



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले १५ दिन भित्र सुधारको कार्य योजना पेस गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका छन् ।

नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डे निगम अहिले कै अवस्थामा चलाउन नसकिने बताउँदै सुधारको कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन् ।

निगमको सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउदै निगमले सुधारको कार्ययोजना पेस गरे त्यसको कार्यान्वयनका लागि मन्त्रालय हरेक कुरामा आगाडी बड्ने मन्त्री पाण्डेको भनाइ थियो ।

नेपाल वायुसेवा निगमको आम्दानीको मेरुदण्डको रुपमा रहेको ग्राउन्ड ह्यन्डलिङ निगमबाट नखोसिने प्रतिबद्ध व्यक्त गर्दै निगमले हवाई सेवाबाट नाफा कमाउने तर्फ लाग्न समेत निर्देशन दिएका थिए ।

निगमलाई घाट लगाउने चाइनिज जहाजको ब्यबस्थापनमा समेत मन्त्रालय सकारात्मक रहेको उनको भनाइ थियोे ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २० मंसिर २०८१, विहीबार