८ पुस २०८१, सोमबार | Tue Dec 24 2024

मौसम पूर्वानुमान

हिमपात र वर्षाले यातायात तथा हवाई उडानमा आंशिक प्रभाव पर्ने सम्भावना



काठमाडौं । आज (शुक्रबार) हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भू–भागलगायत बाँकी तराईका भू–भाग तथा उपत्यकाका केही स्थानमा हुस्सु–कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त शाखका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशलगायत बागमती र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू–भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसमविद् शान्ति कँडेलले बताइन् ।

मंसिर २२ गतेको मौसम :

भोलि (शनिबार) दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू–भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू–भागको एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

मंसिर २३ गतेको मौसम :

पर्सि (आइतबार) दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भू–भागमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको धेरै स्थान र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

धेरै स्थानमा हुस्सु साथै केही स्थानमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उडानमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार