८ पुस २०८१, सोमबार | Tue Dec 24 2024

योजना बैंक

‘योजना बैंक’ स्थापना गर्दै बागमती सरकार



काठमाडौं । बागमती प्रदेशमा प्रदेशले ‘योजना बैंक’ स्थापना हुने भएको छ ।

बागमती प्रदेश नीति तथा योजना आयोगले बिहीबार आयोजना गरेको प्रदेशस्तरीय योजना तर्जुमा गोष्ठीमा मुख्यमन्त्री बहादुरसिंह लामाले योजना बैंक’ स्थापना गर्ने बताएका हुन् ।

मुख्यमन्त्रीले पहुँचका आधारमा योजना छनोट गर्ने परम्पराको अन्त्यका लागि ‘योजना बैंक’ आवश्यक भएको बताउँदै त्यसनिम्ति कानुन बनाएर त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रदेश नीति तथा योजना आयोगलाई अधिकारसम्पन्न बनाउने दृढता पनि उनले व्यक्त गरे ।

गोष्ठीमा प्रदेशअन्तर्गतका नुवाकोट, धादिङ र रसुवास्थित कार्यालय र स्थानीय तहका प्रतिनिधिले आगामी आर्थिक वर्षका लागि योजना प्रस्ताव गरेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार