झापा । सघन शहरी तथा भवन निर्माण आयोजना झापाका आयोजना प्रमुख रमेश थिङ सम्मानित भएका छन् । दमक व्यापारिक कम्प्लेक्सको नवनिर्मित भवनको उदघाटको अवसरमा आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट थिङ सम्मानित भएका हुन् । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेको सघन शहरी तथा भवन निर्माण आयोजना झापा मार्फत भ्यु टावर ( दमक व्यापारिक कम्प्लेक्स) निर्माण गरेको हो ।
देशभित्रको सम्भवत् सबैभन्दा अग्लो टावरको रुपमा निर्माण गरिएको कम्प्लेक्स एक सय मिटर अग्लो रहलेको छ । १अर्व ६३ करोड ५४ लाखको लगानीमा निर्माण गरिएको भवन निकै आधुनिक र सुविधा सम्पन्न रहेको छ । ४ बिघा भन्दा धेरै क्षेत्रफलमा फैलिएको टावरको टावरबेसमेन्ट, भुँइ तला र माथी १८ तला गरी कुल ७२ मिटर अग्लो र यस माथी २८ मिटरको स्टील टावर सहित १०० मिटर अग्लो छ । बेसमेन्टमा २०० वटा दुई पाङ्ग्रे र ४० वटा चार पाङ्ग्रे सवारी साधनको पार्किङ क्षमता रहेको भवनमा भवनमा साधारण व्यापारिक स्थानहरू, कर्पोरेट कार्यालयका लागि स्थानहरू, प्रदर्शनी हलहरू, रेस्टुरेन्ट र क्याफेका लागि स्थानहरू छन भने १६ औं र१७ औं तलामा दृश्यावलोकन डेकहरू समावेश छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया