काठमाडौं । पाल्पा जिल्लाको तानसेन नगरपालिकामा निर्माणाधीन चिस्यान केन्द्रको काम हालसम्म ८० प्रतिशत पूरा भएको छ । आगामी असार मसान्तभित्र काम सक्ने गरी काम भइरहेको चिस्यान केन्द्रको काम ८० प्रतिशत सम्पन्न भएको हो ।
चिस्यान केन्द्र निर्माणका लागि २०७१ जेठ मसान्तमा काम सक्ने गरी विसं २०६९ फागुन २३ गते हिम्दुङ एन्ड ठोकररजय रक्तकाली जेभीसँग चार करोड ९९ लाख ९१ हजारमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले ठेक्का सम्झौता भएको ११ वर्षसम्म काम अलपत्र पारेर १२औं वर्षमा काम सक्ने भएको छ ।
मुख्य निर्माण कम्पनीलाई कारबाही गर्ने चेतावनीपछि गत वर्षदेखि चिस्यान केन्द्र निर्माणको काम द्रुत गतिमा अगाडि बढेको तानसेन नगरपालिकाले जनाएको छ । हालसम्म चिस्यान केन्द्रको मुख्य भवनको काम सम्पन्न हुने चरणमा छ । यस्तै घेराबार, सुरक्षाका लागि बस्ने घर निर्माणको काम पनि भइरहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया