काठमाडौं । ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको अन्तिम चरणमा पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले निर्माण गरिहेको आयोजनाको काम हालसम्म ७२ प्रतिशत सम्पन्न भएको हो ।
आगामी असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित भौतिक संरचना निर्माण र उपकरण जडानको कामलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ ।
भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको बाँधमा ब्यारेज, ६ हजार २७० मिटर लामो मुख्य सुरूङ, सर्जसाफ्ट, ठाडो र तेस्रो प्रेसर साफ्ट र टेलरेस डग निर्माणको काम सकिएको छ ।
मुख्य सुरूङको चार वटा अडिटबाट शुक्रबारसम्म दुई हजार २४३.८ मिटर लाइनिङ (ढलान र प्लास्टर) सकिएको छ ।
सिभिलतर्फ ७२ र इलेक्ट्रोमेकानिकलतर्फ ३० प्रतिशत प्रगति भएको छ । आयोजनाको सिभिल ठेकेदारसँग विसं २०७४ मंसिर महिनामा ठेक्का सम्झौता भएको थियो ।
ठेक्काको ४५ महिनाको अवधिमा कोरोना महामारी, बाढी र पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया