काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुल पुनर्निर्माणकार्य सुरु भएको छ । गत असार पहिलो सातादेखि रोकिएको पुल निर्माण गत हप्तादेखि सुरु गरिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका योजना प्रमुख कृष्णकुमार महतोले जानकारी दिए ।
असोजबाटै सुरु हुनुपर्ने काम निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ र बिमा कम्पनीबीचको विवादले ढिलाइ भएको थियो । “एक वर्ष अघि देखि पुल निर्माण कम्पनी र बिमा कम्पनीबीचको विवाद उच्च अदालत पाटनमा विचाराधीन छ । यसबीचमा निर्माण कम्पनीले काम रोकेको थियो”, योजना प्रमुख महतोले भने, “अदालतको निर्णय आउँदासम्म कुर्नुभन्दा पुल निर्माण सुरु गर्न दबाब परेपछि गत हप्तादेखि सुरु गरेको हो ।”
विसं २०६८ जेठ ३१ मा तीन वर्ष वर्षभित्र पुल निर्माण सम्मन्न गर्ने गरी निर्माण कम्पनी ‘पप्पु कन्स्ट्रक्सन’ लाई दिइएको थियो । तर निर्माण नगरेपछि पप्पुलाई कालोसूचीमा राखी बाँकी काम ‘लुम्बिनी बिल्डर्स’ लाई दिइएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया