काठमाडौं । लमजुङको मर्स्याङ्दी नदीमा निमार्ण हुने १०२ मेगावाट क्षमताको अप्पर मर्स्याङ्दी –१ जलविद्युत् आयोजनामा तीन वटा बैंकले १६ अर्ब लगानी गर्ने भएका छन् ।
आयोजनामा लक्ष्मी सनराइज बैंकले सहवित्तीयकरण लगानीको नेतृत्व गरेको हो ।
लक्ष्मी सनराइज बैंकको नेतृत्वमा ग्लोबल आईएमई बैंक र प्रभु बैंकले लगानी गर्ने भएका छन् । आयोजनाको कूल लागत २१ अर्ब ४० करोड रहेको छ ।
परियोजना निमार्णका लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले परियोजना लागतको ७४.७७ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।
बाँकी २५.२३ प्रतिशत रकम सो कम्पनीका प्रवर्द्धकरसंस्थापकहरूको लगानी रहने छ ।
लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता ७ अर्ब रहेको छ ।
सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरू मध्ये सहअगुवा ग्लोबल आईएमई बैंकको ६ अर्ब तथा प्रभु बैंकको ३ अर्ब समेत गरी जम्मा लगानी १६ अर्ब रहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया