२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

अपडेट

भूकम्प अपडेट : तिब्बतमा ५३ जनाको मृत्यु



काठमाडौं । मंगलबार बिहान काठमाडौंलगायत देशका विभिन्न भू–भागमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।

नेपाल–तिब्बत सीमाक्षेत्रमा बिहान ५ः५२ बजे गएको भूकम्प परि ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ ।

चिनियाँ सञ्चारमाध्यमका पछिल्लो रिपोर्टअनुसार चीनको स्वशाषित क्षेत्र तिब्बतमा हालसम्म ५३ जनाले ज्यान गुमाएका छन् ।

उक्त भूकम्पमा परि सयौँ घाइते भएको र दर्जनौं घर र कार्यालयमा क्षति पुगेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार