२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

कालोसूची

१८ वटा निर्माण कम्पनी कालोसूचीमा पर्ने सम्भावना



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १८ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्न प्रक्रिया सुरु गरेको छ ।

समयमा काम सम्पन्न नगरी ढिलासुस्ती गर्ने १८ कम्पनीलाई कालोसूचीमा राख्न नपर्ने कुनै कारण भए सात दिनभित्र प्रमाणसहित लिखित स्पष्टीकरण दिन कार्यालयले सूचना जारी गरेको हो ।

यसअघि नै ३० दिनभित्र लिखित स्पष्टीकरण माग गरिए पनि पेस नगरेकोले ताकेता गरिएको हो ।

अबको सात दिनभित्र पनि उचित स्पष्टीकरण नआए कालो सूचीमा राखिने कार्यालयले जनाएको छ ।

आयोजना अलपत्र पारेपछि विभिन्न सार्वजनिक निकायले ती कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गरेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार