काभ्रेपलाञ्चोक । जिल्लामा निर्माणाधीन अधिकांश ठूला खानेपानी आयोजनाका स्रोत यहाँका खोला हुन् ।
विसं २०७२ को भूकम्पका कारण जिल्लामा खानेपानीका मूल सुकेपछि त यहाँका नदी–खोला नै खानेपानीका मुख्य स्रोत थिए ।
तिनै खोलामा गत असोज दोस्रो साताको बाढीले पानीको स्रोत नै तहसनहस भयो । नदी–खोला किनारमा रहेका इनार र ‘लिफ्टिङ’ प्रविधिमार्फत डाँडामा तानेर बस्तीबस्तीमा वितरण गर्न निर्माण भएका भौतिक पूर्वाधारमा क्षति भयो ।
पानी सङ्कलन, प्रशोधन केन्द्र तथा वितरण प्रणालीमा समेत क्षति हुँदा निकै समस्या भएको छ ।
हाल काभे्रपलाञ्चोकका चार ठूला खानेपानी आयोजनामध्ये काभ्रे उपत्यका बृहत् खानेपानी आयोजनालाई भने पानी लिफ्ट गर्नु पर्दैन तर उक्त आयोजनाका लागि पनौतीमा रहेका गुड्गुडे, खारखोला, वैरामहादेव र मूलडोलका पानी सङ्कलनका ‘इन्टेक’ तथा वितरण प्रणालीका मुख्य तथा शाखा पाइपलाइनमा बाढीले क्षति पुर्याउँदा करोडौँको नोक्सान भएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया