२८ पुष काठमाडौं: हरेक वर्ष माघ २ गते मनाईने भूकम्प सुरक्षा दिवस यस वर्ष पनि देशभर विभिन्न कार्यक्रम गरि मनाइने भएको छ । भूकम्पले सिकाएको पाठ,बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ भन्ने मुल नाराका साथ देशभर २७ औँ भूकम्प सुरक्षा दिवस मनाइने भएको हो।
आइतबार शहरी विकास तथा भवन निर्माण विभागले कार्यालयको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि देशभर विभिन्न जनचेतनामूकल कार्यक्रमको आयोजना गरि २७ औं भूकम्प सुरक्षा दिवस मनाउने जानकारी गराएको हो। कार्यक्रम कीर्तिपुर नगरपालिका स्थित बी.पि काइराला मेमोरियल विज्ञान संग्रालय परिसरमा आयोजना हुने बताइएको छ। कीर्तिपुर क्षेत्रमा विभिन्न सस्थाहरुले लामबद्ध भई भूकम्प सुरक्षा ¥यालीमा भाग लिनेछन् भने कीर्तिपुरको पाँगा दोबाटोबाट सुरु भए उक्त ¥याली पाँगा बसपार्क लाक्षी भ्याबुं नगाउँ, खसी बजार, बाघ भैरब, मन्दिर, इट्टाछें, मंगल स्कुल नगरपालिका भवन हुँदै कार्यक्रम स्थल आइपुग्ने बताइएको छ ।
उक्त ¥याली कार्यक्रम सम्पन्न पश्चात् प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यतामा मूल समारोह समितिको कार्यक्रम आयोजना हुनेछ । यो संगै कार्यक्रम स्थलमा दुईदिने भूकम्प सुरक्षा प्रदर्शनी कार्यक्रमको आयोजना पनि गरिने पत्रकार सम्मेलनमा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक ई. मचाकाजी महर्जनले जानकारी दिए। कार्यक्रममा विपद जोखिम न्यूनीकरणको क्षेत्रमा काम गर्ने विभिन्न संघसस्थाहरुको पनि सहभागीता हुने र दिवसको उपलक्ष्यमा मूल समारोह समिति बाहेक विभिन्न निकायको सक्रियता प्रदेश स्थानीय तह लगायत देशभरी नै गोष्ठी,छ्लफल, र्याली, अन्तरक्रिया, प्रदर्शनी,प्रतियोगिता कार्यक्रमहरु सडक नाटक, रक्तदान, अडियो भिडियो, लगायताक विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरिने महानिर्देशक महर्जनको भनाई छ ।
प्रचारप्रसारलाई प्रभावकारी बनाउन दिवसको मूल नारा सुहाउँदो पोष्टर समेत तयार गरि उपलब्ध गराइएको पताइएको छ । दिवसको अवसरमा आयोजित विभिन्न जनचेतनामूलक कायक्रमले भूकम्पको जोखिमबाट नागरिकलाई सुरक्षीत राख्न मद्धत गर्ने उदेश्यले देशभर जनचेतनामूलक कार्यक्रमको आयोजना गर्न लागेको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक ई । मचाकाजी महर्जनले बताएका छन् । हरेक वर्ष दिवसका उपलक्ष्यमा आयोजना गरिने भूकम्प सम्बन्धि जनचेतनामूलक कार्यक्रमले भूकम्पको जोखिमबाट नागरिकलाई कसरी सुरक्षीत रहने भन्ने कुराको सचेतता दिदै आएकाले थप जनचेतना फैलाउने उदेश्यले यो वर्ष पनि फरक किसिमका जनचेतनामूलक कार्यक्रमको आयोजना गरि दिवस मनाउन लागिएको महानिर्देशक महर्जनको भनाई छ ।
दिवसका अवसरमा फरक संघसस्थाले फरक फरक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछन्। कार्यक्रममा सञ्चारकर्मीले भूकम्पबाट नागरिकलाई सुरक्षित राख्नका लागि भूकम्प सम्बन्धित जनचेतनामूलक कार्यक्रमसंचालन गरेर मात्रै किन बजेट खर्च गरेको ? भन्दै प्रश्न गरेका थिए । भूकम्पबाट जोगिनका लागि सरकारले भूकम्प प्रतिरोधित घरहरु निर्माणमा सरकारले ध्यान किन नदिएको ? भन्दै जिज्ञासा पनि राखेका थिए । यो संगै कार्यक्रममा उपस्थित सञ्चारकर्मीले भूकम्पबाट प्रभावित नागरिकहरु अझै त्रीपाल मुनी रात कटाइरहेको स्मरण गराउदै भूकम्प संग सम्बन्धित संघ संस्थाहरु र सरकारको ध्यान त्यसतर्फ नगएको जिज्ञासा समेत राखे । जवाफमा विभागका पधातिकारीहरुले यसमा गम्भिर रुपमा समिक्षा भइरहेको र तत्काल आएका सझावहरुलाई ग्रहण गरि समाधानको प्रक्रियालाई अगाडी बढाउने प्रसतिबद्धता जनाएका थिए ।
वि.स १९९० साल माघ २ गतेका दिन २ बजेर २४ मिनेटमा गएको महाभूकम्पको स्मृतिमा नेपाल सरकार गृह मन्त्रालयको संयोजकत्वमा २०५५ साल देखि हरेक वर्ष माघ २ गते नेपालमा पनि भूकम्प सुरक्षा दिवसका रुपमा मनाइदै आइएको छ । हरेक वर्ष मनाइने भूकम्प सुरक्षा दिवस यो वर्ष पनि विभिन्न जनचेतना मुलक कार्यक्रमको आयोजना गर्न मुल समारोह समिति, व्यवस्थापन उपसमिति तथा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकको संयोजकत्वमा प्रचारप्रसार उपसमितिको व्यवस्था गरिएको आयोजक शहरी विकास तथा भवन निर्माण कार्यालयले जनाएको छ । गत पौष ९ गते प्रचारप्रसार उपसमितिको बैठकले भूकम्पीय जोखिम न्यूनीकरण गर्न यश दिवसको मुल नाराले निर्दिष्ट गरे बमोजिम सचेतता अभिवृद्धि गर्ने कार्यक्रमहरु देशव्यापी रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया