काठमाडौं । दिवङ्गत राजनीतिक तथा सामाजिक व्यक्तित्वहरुको सम्झनामा यहाँको धुर्कोट गाउँपालिका–५ मा पार्क निर्माण गरिएको छ । पूर्वसांसद स्व रुद्रमणि शर्मा भण्डारी, पूर्वजिल्ला विकास समिति उपसभापति परमानन्द भण्डारी र पूर्वगाउँ विकास समिति अध्यक्ष टोमलाल पाण्डेको स्मृतिमा रुद्रमणि, परमानन्द, टोमलाल स्मृति पार्क निर्माण गरिएको हो ।
धुर्कोट गाउँपालिकाको ६७ लाख लागतमा तीन सामाजिक व्यक्तित्वहरुको अर्ध कदको शालिकसहित पार्क निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिए ।
नवनिर्मित पार्कको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरे । मुख्यमन्त्री आचार्यले पछिल्लो समयमा समाजमा योगदान गरेका सामाजिक व्यक्तित्वहरुलाई विस्तारै विर्सँदै जान थालेको अवस्थामा धुर्कोट गाउँपालिकाले त्यस्ता राजनीतिक एवं सामाजिक व्यक्तित्वहरुको योगदानको कदर गरेकोमा आभार व्यक्त गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया