काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कामको गति बढाउन जरूरी रहेको ब
ताएका छन् ।
गृहजिल्ला झापाको मेचीनगरमा पत्रकार भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा संसद्का दुई ठूला दल मिलेर बनाएको सरकारले परिणाम दिने गरी काम गर्नुपर्नेमा जोडदिए ।
‘यो सरकार अहिलेको आवश्यकता हो । प्रधानमन्त्रीमा केही गरौँ भन्ने भावना पनि छ । उनलाई बलियो बनाएर लैजाने हाम्रो चाहना पछि छ तर मन्त्री र प्रधानमन्त्रीले कामको गति बढाउन भने जरूरी छ,’ महामन्त्री शर्माले भने ।
नेपालभित्र मात्र होइन, बाहिर पनि एउटा नेपाल रहेको चर्चा गर्दै महामन्त्री शर्माले बाहिरको नेपाललाई समेत गाँसेर एउटा समुन्नत नेपाल बनाउनुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया