५ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025

लिफ्ट सिँचाइ

लिफ्ट सिँचाइ आयोजनाको क्षेत्र घट्दै  



काठमाडौं । मर्चवार लिफ्ट सिँचाइ आयोजनाको सेवा क्षेत्र आधाभन्दा बढीले घटेको छ । विसं २०५३ मा तीन हजार पाँच सय हेक्टर जमिनमा सिँचाइ सुविधा दिएको आयोजनाले अहिले एक हजार पाँच सय हेक्टर जमिनमा मात्रै सिँचाइ पुर्‍याइरहेको छ ।
तीस वर्ष पुरानो संरचना जीर्ण हुनुका साथै पानी चुहावटको समस्या देखिन थालेपछि आयोजनाको क्षेत्र घट्दै गएको मर्चवार लिफ्ट सिँचाइ जलउपभोक्ता संस्थाका व्यवस्थापक विश्वनाथ आर्यलले बताए ।
‘उद्देश्यअनुसार आयोजनालाई अघि बढाउन सकेका छैनौँ । पुरानो संरचना जीर्ण बन्दा ठाउँठाउँमा पानी चुहावट हुने गर्दछ,’ ब्लाकका अध्यक्ष रामेश यादवले भने ।
संयुक्त राष्ट्र संघीय विकास कोष युएनडिपीको प्राविधिक सहयोग र आर्थिक अनुदानमा पाँच हजार छ सय हेक्टर क्षेत्र सिँचाइ क्षमता पुर्‍याउने लक्ष्य राखेर विसं २०३६ मा उक्त आयोजना निर्माण सुरु भएको थियो ।
छ हजार तीन सय परिवारका ४४ हजार जनसङ्ख्या लभान्वित हुने लक्ष्यअनुसार नेपाल सरकारबाट रु पाँच करोड ९७ लाख ४६ हजार चार सय १६ र दातृ संस्था युएनडिपीबाट रु १२ करोड ६८ लाख एक हजार आठ सय १९ लागतमा दुई चरणमा सिँचाइ आयोजना निर्माण भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : ३ माघ २०८१, विहीबार