माघ ४काठमाडौँ : जाजरकोटका भूकम्प प्रभावित ९५ हजार नागरिकको निजी आवास निर्माणका लागि झण्डै ४० अर्व लागत खर्च हुने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भटराइका अनुसार भूकम्पबाट प्रभावित जाजरकोटका नागरिकको नीजि आवास निर्माण कार्य अगाडी बढाउने तयारी भइरहेको जानकारी दिनुभयो । भूकम्पले क्षती पुर्याएको लामो समय बितिसुक्दा पनि सरकारले पुर्ननिर्माणका कार्य अगाडी नबढाएको दुखेसो भूकम्पबाट प्रभावित नागरिकले गर्दै आएका छन् ।
२०८० कार्तिक १७ गते राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । यस भुकम्पले कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा भूकम्पले ठूलो भौतिक एवम् मानवीय क्षति पुर्याएको थियो । उक्त शक्तिशाली भूकम्पमा परी १५७ जनाले ज्यान गुमाएका थिए भने कम्तिमा ३७५ जना घाइते भएका थिए ।
निजी आवास निमार्णका लागि बजेट अर्थ मन्त्रालयले उपलव्ध गराउने छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत स्थानीय तहलाई बजेट उपलव्ध गराइने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयले जनाएको छ । पहिलो किस्ता रु ५० हजार सुरुमा उपलव्ध गराएइने बताइएको छ। जजारकोटका भूकम्प पीडितहरुको निजी अआवास निर्माणका लागि एक आवास निमार्णका लागि रु ४ लाख उपलव्ध गराइने छ ।
निजीस् आवास निमार्णका लागि प्राविधिक जनशक्ति करारमा लिन सक्ने प्राधिकरणले कार्यविधि स्यिकृत गरेको छ। भूकम्प गयलगत्तै प्राधिकरणले अस्थायी आवास निमार्णका लागि रु ३ अर्ब रुपैँया वितरण गरिसकेको छ। सरकारले निजी आवास निमार्णको कामलाई धमाधम अगाढी बढाउने कार्य तिव्र पारिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भटराइले जानकारी दिनुभयो । निमार्ण कार्य सुरु भइसकेको पनि उहाँको भनाई छ। मघ ३ गतेबाट पहिलो किस्ताको सम्झौता कार्य सुरु भएको पनि उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया